Events

चण्डेश्वरी साकोसका नवनिर्वाचित अध्यक्षद्वारा पदभार ग्रहण

2026-10-06

Banepa

२०८३ असोज १९ गते,

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.का नवनिर्वाचित अध्यक्ष श्री बृद्धरत्न मानन्धरले आजदेखि आफ्नो पदभार ग्रहण गर्नुभएको छ । संस्थाको बनेपा स्थित मुख्य कार्यालयमा आयोजित एक कार्यक्रमबीच निवर्तमान अध्यक्ष श्री नविनभक्त बादे श्रेष्ठले नवनिर्वाचित अध्यक्षज्यूलाई निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो । सो अवसरमा नवनिर्वाचित अध्यक्षज्यूले संस्थाको गरिमा, सदस्यहरूको विश्वास तथा संस्थागत मूल्य मान्यतालाई आत्मसात् गर्दै आगामी दिनमा संस्थालाई अझ सुदृढ, व्यवस्थित र सदस्यकेन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्षज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।